कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।

श्रीमान् वर्ष ६० का टेकलाल भुसाल र श्रीमती वर्ष ५५ की जुठी भुसाल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी हरिबहादुर ओलीसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

डिएसपी ओलीका अनुसार मृतक श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेका छन् भने श्रीमतीको शरीरमा केही चोट देखिएको जनाइएको छ। शवलाई पोष्र्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

श्रीमान् श्रीमतीबिच भएको झगडाका कारण श्रीमतीको हत्या गरी श्रीमानले आफू पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। घट्नाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation