सैनामैनामा मकै प्रबर्धन कार्यक्रम प्रभावकारि बन्दै

सैनामैना नगरपालिकामा सञ्चालित मकै उत्पादन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएको छ । मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सैनामैना नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो ।

सैनामैना नगरपालिका कृषि साखाले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत ६० बिघा क्षेत्रफलमा रामपुर–१० र अरुन–२ मकै उत्पादन गरेको हो । उत्पादन सामग्री, बीउ मल विषादी सहयोग, यान्त्रीकरण प्रवर्द्धन, मकै रोप्ने मेसिन, मकै गोड्ने मेसिन र मकै छोडाउने मेसिन, त्रिपाल, प्राङगारिक मल, सिचाई अनुदानमा उपलब्ध गराएको सैनामैना नगरपालिका कृषि साखा प्रमुख अधिकृत सिर्जना खनाल सुवेदि ले वताउनुभयो । यो सँगै क्षमता विकासका कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ ।

सैनामैना नगरपालिका–११ तालि भचनामा सिर्जनसिल कृषि समुह, नमुना कृषि समुह, उद्यमसिल कृषि समुहले १५ बिगाह क्षेत्रफल यस्तै फच्कापुर कृषि समुहले १५ बिगाह क्षेत्रफलमा, रामापुर बहुउद्देश्य सहकारी संस्थाले १५ बिगाह क्षेत्रफलमा, बैकुन्ठपुर कृषि समुहले १५ विगाह क्षेत्रफलमा उन्नत जातको मकै उत्पादन गरेको छ ।

हिजो स्थलगत निरिक्षणको क्रममा सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले पालिकामा गरिएको कार्यक्रम ९५ प्रतिशत सफल भएको र यो कार्यक्रम प्रभावकारी बनेको उत्पादनमा बृद्धि हुने मेयर फणिन्द्र शर्माले बताउनुभयो ।
मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको निरिक्षण कै क्रममा सैनामैना नगरपालिका वडा नम्वर १० का अध्यक्ष कृष्ण घिमिरेले वताउनुभयो । “दानाका रुपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ”, उनले भने, “पहिला रु २० देखि रु २५ मा बिक्री हुनेमा अहिले रु ४० देखि रु ५० सम्म पर्छ।”
सैनामैना नगरपालिकाले मकै बाली प्रवर्द्धनका लागि रु १० लाख विनियोजन गरी काम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation