जनताकै अगाडी मुख्यमन्त्रिसँग सैनामैनामा बजेट माग

लुम्बिनि प्रदेशका मुख्यमन्त्रि जोख बहादुर महराले सैनामैना नगरपालिका वडा नम्वर १ को कार्यालय अवलोकन तथा आफ्ना नेता कार्यकर्ता भेटघाट गरेका छन् ।

आज बिहिवार वडा नं १ को कार्यालयमा भएको भेटघाट कार्यक्रममा वोल्दै महराले भने, विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्रथमिकता नदिइने बताएका छन् । जनताको पक्ष र समग्र जनताको हित हुने गरी योजना छनोट गरेर प्रदेश सरकारसँग मात्रै बजेट माग गर्न आउन आग्रह गरे । प्रदेशका सबै वडा र पालिकामा पुग्ने गरी यो वर्षको बजेट विनियोजन गरिने जनाउदै चुनावमा कुनै न कुनै पार्टीबाट प्रतिनिधित्व गरे पनि सेवा दिदाँ साझा हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले भने, अहिलेका मुख्यमन्त्री भिजनेवल केहि गरौ भन्ने हुटहुटी भएको नेता भएको कारण पनि अव सुसासनको प्रत्याभुति हुने भन्दै सैनामैनाका गौरवका योजनालाई प्रदेश सरकारले प्रथमिकतामा राख्नुपर्ने वताउनुभयो ।

सोहि भेटघाट कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्वर १का वडा अध्यक्ष भुवन क्षेत्रिले मुख्यमन्त्रीलाई भेटघाट कार्यक्रमको निहु पारि विकासका वजेटको प्रत्यक्ष जनताले नै माग गरुन र आगामि वजेटमा प्रथमिकतामा सैनामैना १ परोस भन्ने उद्येश्य रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation