तिलोत्तमा सूचना केन्द्र र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको स्थापना

शारदा शाही ठकुरी
तिलोत्तमा जेष्ठ ७ गते

तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रलाई सुरक्षित एबम् सभ्य बनाउने उद्देश्यका साथ आज तिलोत्तमा सुचना केन्द्र र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको स्थापना गरेको छ ।

नगरपालिकाले यस केन्द्रबाट नगरपालिकालाई थप सुदृढ, सुरक्षित र चुस्त बनाउन मद्दत पुग्ने बिश्वास लिएको र नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको सोमबार एक कार्यक्रमका बीच दुबै केन्द्रको उद्घाटन गर्दै  नगर प्रमुख रामकृष्ण खाँणले   बताउनुभयो।

नगर प्रमुख खाणले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताउनुभयो । उहाले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन गर्न साथै विपद् न्यूनीकरणमा सघाउ पुग्ने पनि बताउनुभयो।

सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमा नगरपालिकाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको र अन्य पालिकाले समेत सिको गरेर यस्तो खाले केन्द्र संचालनमा ल्याउने, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर जनशक्ति तयार राख्न आवश्यक भएको बताउनुभयो।
अर्यालले हरेक वर्ष विपद्का नाममा खर्च भइरहेको बजेटको प्रभावकारिता देखिने गरी काम गर्न आग्रह गर्दै केन्द्रमा आउने जो कोहीलाई पालिकाको सही सूचना दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार सुरबिर पंडित “दारी बा” को समुहले सुर्तीजन्य प्रदार्थले पार्ने असर र आत्माहत्या गर्नु गलत रहेको जानकारी दिदै नाटक मन्चन पनि गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation