
सिनपा बडामा माओवादीको नयाँ नेतृत्व
बुटवल, १९ जेठ । नेकपा माओबादी केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नं ९ को शनिबार सम्पन्न सम्मेलनले सुनिल कानु बनियाँको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा हरी थापा मगर, सचिवमा अंकित पौडेल, सहसचिवमा कमला मरासिनी र कोषाध्यक्षमा साबित्रि कुवँर निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा राधिका थापा, बिजय दर्जी , उस्मान अली, बिष्णुमाया थापा, मैया टन्डन , प्रदीप भट्टराई , प्रकाश कोईरी र राजु खनाल निर्वाचित भएका छन ।
माओबादी केन्द्र वडा नं ९ का ईन्चार्ज मेराज खानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका स्थाई कमिटी सदस्य हकिकुल्लाह खाँले जनताको मन जित्ने गरी हरेक कार्यकर्ताले काम गर्नु पर्ने बताए ।
सो अवसरमा माओवादी प्रदेश ३ क का ईन्चार्ज उमेश खनाल, नगर ईन्चार्ज फैज अहमद खान , नगर अध्यक्ष नारायण बहादुर हमाल , सचिव केशब कुवँर,नगर सचिवालय सदस्य कृष्ण मरासिनी । प्रेम बि सी , देबसिंह गुरुंग, अंकित पौडेल लगायतले बोलेका थिए ।