महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

काठमाडौं । आगामी अक्टोबरमा हुने महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपालले पाएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने जानकारी दिएको हो।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मेवारी दिएको हो। १७ अक्टोबरदेखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफले जनाएको छ।

प्रतियोगितामा साफका सातै सदस्य संघको सहभागिता रहने साफले जनाएको छ। २०२२ मा भएको पछिल्लो संस्करण नेपालले नै आयोजना गरेको थियो।

सो संस्करणमा नेपाल फाइनलमा बंगलादेशविरुद्ध पराजित भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation