दाङबाट काठमाडौँ जाँदै गरेको बस सालझन्डीमा दुर्घटना, ४३ घाइते

सैनामैना। दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीको सालझण्डीमा दुर्घटना भएको छ । मंगलवार राती ११ः५० मा भएको दुर्घटनामा चालक सहित ४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेकाे रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थिाये ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई हिराचन्द्र हस्पिटल सालझण्डी र बुटवलस्थित हस्पिटल बुटवल र एडमनसिटि हस्पिटलमा उपचारका लागि लगिएको थियो । घाइतेको अवस्था अनुसार डिस्चार्जसमेत भइरहेको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation