रमेश गैरे
बुटवल, असार २ । रुपन्देहि जिल्लासंग सिमाना जोडियका पाल्पाका बिभिन्न पर्यटकिय स्थलहरुको रुपमा स्थापित नदि, झरना र कुवाँहरु सुरक्षाको कारण देखाउदै पाल्पा जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार प्रहरि परिचालन गरि पौडि खेल्न निशेधित गरियको छ ।
पाल्पाको तिनाउ गाउँपालिकाका रानी झरना, सिद्ध सरोवर भूतखोला, सुकेताल, सत्यवती ताल, रामपुरको तालपोखरा, रैनादेवि गाउँपालिकाको रानि झरना र चिन्ते झरनामा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको थियो ।
परम्परागत रूपमा सञ्चालनमा रहेका तालतलैया, झरनालाई संघीय, प्रदेश र स्थानीय सरकारले व्यवस्थित गरेपछि पर्यटक बढेका हुन् । संघीय र प्रदेश सरकारको सहयोगमा केही व्यवस्थित गर्ने प्रयास गरेका थिए । सामुदायिक वन समूहका सदस्यले चासो दिएकाले पनि सहज भएको थियो ।
भूतखोला झरना अवलोकनका लागि २० रुपैयाँ टिकट मूल्य राखिएको छ । झरना क्षेत्रको सौन्दर्यकरण, पर्यटकहरूले हेर्ने, रमाउने तथा पौडी खेल्ने गरी व्यवस्थापन गरिएको थियो ।
झण्डै सय मिटर माथिबाट झर्ने झरनाको पानीमा रमाउन, पौडी खेल्न र दृश्य अवलोकनका लागि दैनिक २ देखि ३ सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा २ देखि ३ सय पुग्छन् भने शनिबारको दिन ५ सय बढीको भीड लाग्ने गरेको छ ।
तर, एकाएक सुरक्षाको कारण देखाउदै धमाधम पर्यटकलाई पौडि खेल्न निशेधित गरेपछि भने पर्यटक बिच वाटोबाटै फर्कन थालेका छन् । यसरि पर्यटकिय क्षेत्रको सुरक्षामा ध्यान दिदै ति क्षेत्रमा पर्यटक कसरी भित्रयाउन सकिन्छ भन्ने चासो हुनुपर्नेमा पर्यटक निषेधलाई सामाधान खोज्ने जन प्रतिनिधिलाई के भन्ने ? यस विषयमा तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम क्षेष्ठ र रैनादेवि गाउँपालिकाका अध्यक्ष रुक्मङ्गत भट्टराई लाई सुरक्षाको अरु उपाए किन अपनाउनु भएन भनि सोधेका थियौ ।
यसरि पर्यटक भित्रयाउने योजना त कता हो कता स्व स्फुर्त आइरहेका पर्यटकलाई सुरक्षा दिन नसक्ने पाल्पाका स्थानियतहले अरु के नै गर्न सक्छन भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ ।