दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको दक्ष श्रम शक्तिलाई विदेश जानबाट रोक्नुपर्ने बताएका छन । नेपालले उत्पादन गरेका योग्य श्रम शक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सबैपक्षले छलफल चलाउनु पर्ने उनले बताए ।
नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यही खपत हुने वातावरण सृजना गर्ने तर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी गराए । नेपाली श्रमिकको श्रममुल्य नेपालमा कम रहेकाले विदेशिनु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भने, ‘नेपाली उत्पादनको वृद्धि र श्रममुल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ ।’
दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम प्रयोग ९कृत्रिम बौद्धिकता सम्बन्धी कार्यक्रममा उद्घाटन गर्दै उनले समयको रफ्तार सँगै प्रविधिको विकास र विस्तार हुँदै गएको बताए । राप्ती इन्जिनियरिङ कलेज, स्वर्गद्वारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोडदिनुपर्ने सुझाव दिए ।
विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ति उत्पादनका लागि सबैपक्षले काम गर्नुपर्ने बताए ।
मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सही रुपमा प्रयोग गर्न जरुरी भएको बताउँदै गतल रुपमा प्रयोग हुने विषय वस्तुहरूलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू विदेशिने क्रम बढ्दो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने वातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गरे ।