सैनामैनामा कराेडाै लगानीको योजना अन्योलमा, रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थाल्यो

नरेश चौधरी, सैनामैना, असार २७।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न  तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माण हुदै गरेको स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थालेको हो ।

करिब एक बिघा क्षेत्रफलमा साढे तीन करोडको लगानीमा स्मार्ट रिफ्रेस सेन्टर दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २०७७ मंसिर १२ गते शिलन्यास गरिएको थियो । तर अहिले रिफ्रेस सेन्टर जिर्ण बन्दै गएको छ । रिफ्रेस सेन्टरको वारिपरि लागाईएको बाउन्डरीको गारो ठाउँठाउँमा चिरा परेर भत्किन थालेका छन्, भने रिफ्रेस सेन्टरको चौरभरि विरुवा उम्रिएर जंगलमा परिणत भएको छ । रिफ्रेस सेन्टरको हेरदेख, संरक्षण तथा सञ्चालन हुन नसक्दा राज्यको सम्पत्ति नोक्सान भएको छ ।

लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको थियो । सैनामैनामा गुणस्तरहिन काम हुदा अहिले रिफ्रेस सेन्टर भत्किन थालेको प्रत्यक्ष देख्न सकिन्छ ।

रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न ३ करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने गरि यसको डिपिआर सहित निर्माण प्रकृया थालिएको थियो ।

रिफ्रेस सेन्टरमा अहिले एक तले भवन निर्माण सहित बाउन्डरी लगाएतका काम भएका छन् । पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन लगाएतका काम गर्न बाकीं रहेको छ ।

कराेडाै लगानीको योजना अन्योलमा

रिफ्रेस सेन्टरको निर्माण कार्य अघि बढ्न नसक्दा प्रदेशको कराेडाै लगानीकाे योजना अन्योलमा परेको छ । निर्माण कार्य सम्पन्न गरि नगरपालिकालाई हस्तान्त्रण हुन नसक्दा यसको रेखदेख तथा संरक्षणमा समास्या परेको छ । जसले गर्दा निर्माण कार्य सम्पन्न नहुदै रिफ्रेस सेन्टर जिर्ण हुने अवश्थामा पुगेको छ । अहिले करोडै लगानी भएको योजना निर्माणमा ढिलाई हुनुका साथै बनि सकेको संरचना भत्किन थालेका छन् ।

स्थानीय सैनामैना नगरपालिकाले रिफ्रस सेन्टरको निर्माणकार्य गर्न संघ तथा प्रदेशमा पहल गर्न नसक्दा यसको निर्माण कार्यमा ढिलाई भएको सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर कार्कीको आरोप छ । रिफ्रेस सेन्टर निर्माण कार्य अगाडी बढ्न नसक्नु र यसको संरक्षण हुन नसक्नु नगरपालिकाको कम्जोरी भएको उहाँको भनाई छ । यसरको निर्माण र संरक्षणमा जनप्रतिनिधि र कर्मचारीहरुले चाँसो दिनु पर्ने उहाँ बताउनुहुन्छ । सैनामैना नगरको नेतृत्व लिएका जनप्रतिनिधि र कर्मचारीहरुले रिफ्रेस सेन्टर निर्माणमा संघ र प्रदेशमा आवश्यक पहल गर्न नसकेकोले अहिले यसको संरक्षण र निर्माणमा ढिलाई भएको उहाँ बताउनु हुन्छ । रिफ्रेस सेन्टरको निर्माण कार्य अघि बढाउनका लागि अवाश्यक पहल गरि सञ्चालनमा ल्याउनु पर्ने समेत उहाँको भनाई छ ।

रिफ्रेस सेन्टर निर्माण कार्य सम्पन्न गरि प्रदेशले नगरपालिकालाई हस्तान्त्रण नगरेका कारण यसको रेखदेख गर्न नसकिएको सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले बताउनु भयो । प्रदेशले निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्त्रण गरको खण्डमा मात्र नगरपालिका जिम्मेवार हुने उहाँको भनाई छ ।

रिफ्रेस सेन्टरको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय योगिकुटीले निर्माण र हेरदेखको जिम्मा लिएको छ । रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,रुपन्देहीका वारिष्ठ ईन्जिनियर तथा सूचना अधिकारी आदित्य धितालले बताउनु भयो । दोस्रो चरणको काम गर्नका लागि रकम अभावका कारण गर्न नसकिएको उहाँको भनाई छ । पहिलो चरणको काम अन्तर्गत तीन वटा ब्लक, सौचालय ब्लक, चालक ब्लक निर्माण भएको र दोस्रो चरणको काम अन्र्तगत पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन लगाएतका काम गर्न बाकीं रहेको उहाँले जानकारी दिनु भयो । बनेको संरचनाहरु भत्किन लाग्यो नि भनेर हामी इन्जिनियर धिताललाई सोध्दा हामी यसको तत्काल अनुगमन गर्छाैं भन्ने जवाफ दिनु भयो । रिफ्रेस सेन्टर सञ्चालन तथा स्थानीय तहलाई हस्तान्त्रणका विषयमा सोध्दा यसको सञ्चालन कार्यविधि अझै प्रदेश सरकारले बनाई नसकेको उहाँले रेडियो टाइम्सलाई जानकारी दिनु भयो ।

करोडौं लगानीमा बन्दै गरेको राज्यको सम्पत्ति भत्किदै र जिर्ण बन्दै गएको छ । यसको निर्माण र संरक्षणमा सरोकारवालाहरुले ध्यायन दिनु पर्ने आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation