
बुटवल । पछिल्लो समय आम मानिसहरुको जन्मदिन उत्सवका रुपमा मनाउने चलन बढिरहेका बेला नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी सघ बुटवल सिटि क्याम्पस सभापती सङ्कर भुसालले भने फरक ढंगले जन्मदिन मनाएका छन् ।
लुम्बिनी बौद्ध बिश्वबिध्यालय बुटवल सिटि क्याम्पसमा कानुन विषयमा अध्ययनरत सन्कर भुसालले आफ्नो जन्मदिन अनाथ आश्रममा मनाएका छन् । रामचन्द्र मैनादेवी अनाथ आश्रम तिलोतमा ६ मा उनले अनाथ बालबालिका र वृद्धवुद्धालाई खानपीन र अन्य सहयोग गरेर भुसालले असार ३१ गते यस वर्षको जन्मदिन मनाएका हुन् ।
सभापती सङकर भुसालले आश्रितहरुलाई खाना खुवाएर जन्मदिन मनाएको आश्रम सन्चालकले जानकारी गरायका छन भने भुसालले यश अघिको जन्मदिनपनी आफै अध्ययन गर्ने क्याम्पसमा पुस्तकहरु प्रदान गरेका थिय ।