लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य बन्दै

७ साउन, काठमाडौं । एमालेले लुम्बिनी प्रदेशका मूख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मूख्यमन्त्री बन्ने पक्कापक्कैजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतकले आचार्य मूख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मूख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’

 

संसदीय दलका नेता लीला गिरी पार्टी उपाध्यक्ष तथा संघीय अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मूख्यमन्त्री बन्नुका पछाडि केन्द्रको चासो र निर्देशनले काम गरेको निकटस्थ नेताहरुले बताए ।

कांग्रेस एमाले गठबन्धनकै समझदारी लागु हुने भएकाले आचार्यलाई स्वतः बहुमत मिल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation