सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले जनाएको छ ।
सैनामैना नगर अस्पतालको शुभारम्भ एक कार्यक्रमका बिच नगर प्रमुख फणेन्द्र प्रसाद शमाले गर्नु भएको हो । सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले संबिधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्य सहित नगरपालिका अघि बढेको बताउनु भयो । उहाँले अस्पतालमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनुभयो । प्रदेश सरकारले नगर अस्पतार सञ्चालनका लागि डा।अभिसेक खरेललाई पठाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । अस्पताल सञ्चालनका लागि थप नर्सको आवश्यक रहेकाले प्रदेश सरकार सग माग गरेको समेत शर्माले जानकारी गराउनुभयो ।
यस्तै सैनामैना नगरपालिका उप–प्रमुख विना रानाले नगर अस्पताल सञ्चालनका लागि प्रत्येक वडा अध्यक्षको निकै ठुलो भुमिका रहेको भन्दै सवै वडाका वडा अध्यक्षलाई धन्यवाद व्यक्त गनुभयो । उहाँले नगर अस्पताल सञ्चालनका लागि संघ, प्रदेश संग पहल गरिरहेको समेत जानकारी गराउनुभयो । अस्पताल व्यवस्थापनमा नगरपालिका लागि परेको भन्दै यो अस्पतालबाट धेरै सुविधा दिएर जनतालाई स्ववस्थ्य वनाउने तर्फ नगरपालिका रहेको उपप्रमुख रानाको भनाई थियो ।
पुर्व नगर प्रमुख चित्र वहादुर कार्कीले कोभिडको बेलामा यहाँका दाजुभाई दिदीवहिनीहरु र नगरपालिका संग सहकार्य गरेका यजेन्सी केहि सहयोगी दाताबाट करिव २ करोड संकलन भएको भन्दै १ करोडको नगर अस्पतालका लागि उपकरण खरिद गरेको र १ करोड रुपैया राहात वितरण गरेको जानकारी गराउनुभयो । उहाँले यो अस्पताल ५० सैया सम्म सञ्चालन गर्न मिल्ने गरी बनाइएको र त्यसलाई पुग्ने गरी वेडहरु भएको समेत जानकारी गराउनुभयो । यस्तै पुर्व नगर प्रमुख कार्कीले सवै नगरवासीलाई सरकारी स्वास्थ्य सस्थाबाटै उपचार गराउन आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले पर्रोहा स्वास्थ्य चौकीको सेवा र थप चिकित्सकिय सेवा सहित सैनामैना नगर अस्पताल सञ्चालनमा आएको जानकारी गराउनुभयो । उहाँले अस्पताल सञ्चालनमा धेरै चुनौती रहेको भन्दै सवैबाट सहयोगको अपेक्षा गर्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख बसन्त कुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उप–प्रमुख विना राना, पुर्व नगर प्रमुख चित्र बहादुर कार्की प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, १ देखी ११ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानियवसी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।