भर्ना रोक्ने , अनलाइन कक्षा वा अरु कुनै बहानामा शुल्क नलिन – शिक्षा मन्त्रालयको निर्णय

विद्यार्थी भर्ना बैशाख २६ बाट खुल्ने ‘समाचारहरु’लाई खारेज गर्दै मन्त्री स्तरिय निर्णयको आधारमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आजै एक बिज्ञप्ति जारी गर्दै भन्यो :-

  • कुनैपनि विद्यालयले कुनै पनि कक्षा वा तहमा भर्ना गर्न पाइने छैन ! र अनलाइन कक्षा वा अरु कुनै बहानामा शुल्क लिन पाइनेछैन ।
  • कक्षा १०,११ र १२ को परिक्षाको बारेमा सूक्ष्म अध्ययन भैइरहेको र हाल सम्म नयाँ निर्णय लिइएको छैन ।
  • र एक महिनाको आवासीय बाहेकको शुल्क मिनाहा गर्ने मन्त्रीपरिषदको निर्णय शिघ्र कार्यान्वयन गरि अविभावक र स्थानीय सरकारलाई आवश्यक जानकारी दिनु ।

यस सन्दर्भमा आएका न्युजहरुको आधारमा माननीय मन्त्री ज्यु लाई ध्यानाकर्षण गराउने क्रममा उहाँले भन्नुभएको थियो:- भनेको एउटा आयो अर्कै र कतिपयको बुझाई रह्यो झन अर्कै ! यस्तो संवेदनशील बिषयमा बक्तब्य जारी गरेर प्रष्ट पार्छौं ।”
चासोलाई शिघ्र सम्बोधन गरेकोमा माननीय मन्त्री ज्युलाई बिशेष धन्यवाद ।

अनेक बहाना र शिर्षक तेर्साएर, अभिभावकलाई बोलाएर वा खाता नम्बर पठाएर बिपदको यो कठिन घडिमा थप आंतक सृजना नगर्न सबै स्कुलका मालिकहरुलाई खबरदारी समेत गर्न चाहन्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation