सैनामैना । सैनामैना–४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा सिर्जनशील शुक्रबार अन्तर्गत धार्मिक परम्परा कृष्ण जन्माष्ठमीको अवसरमा कृष्ण चरित्रको विद्यार्थीद्वारा नाट्य प्रस्तुत गरेका छन् । नेपालीहरूको महान पर्व कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालयमा रहेको बाल क्लब र स्कुलको आयोजनामा लोप भइ रहेको नेपाली संस्कृति र परम्परालाई जोगाउन तथा विद्यार्थीहरुलाई धार्मिक ज्ञान र संस्कारयुक्त शिक्षा प्रदान गर्न कृष्ण चरित्रको नाटक प्रस्तुत गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी सिद्धार्थ उपाध्याय (कृष्ण), सिजल सुवेदी (राधा), अभिषेक बि क (वासुदेव), सुशान्त सुनार, सशान्क ज्ञवाली , कृपा पुन , साधाना थापा, विशाल पाण्डे , सौरभी काउचा, अनोमल पौडेल विवेक के सी र आदेश भट्टराईले अभिनयमार्फत कृष्ण लिला प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमले धर्म संस्कृति हराउँदै गएको बेला विद्यार्थीद्वारा कृष्ण चरीत्र प्रस्तुतिले ग्यालेक्सी स्कुल विद्यार्थीलाई किताबी ज्ञान मात्र नदिई संस्कार पनि सिकाइ रहेको छ भन्ने कुरा प्रमाणित भएको बताउनुभयो । नेपाली संस्कृतिलाई संरक्षण गर्न विद्यालयतह बाटै धर्म संस्कृतको महिमा महत्त्व बुझाउनु पर्ने देखिएको परिवेशमा विद्यालयमा विद्यार्थीले नाट्य नै प्रस्तुत गरि संस्कृती संरक्षणमा एक इटा थपेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक दधिराम भट्टराईको अध्यक्ष, प्रधानाध्यापक श्रवण कुमार गौतम , प्रवन्ध निर्देशक प्रकाश भट्टराई, शिक्षकहरु र सम्पूर्ण विद्यार्थीहरु सहभागी रहेको कार्यक्रमको सञ्चालन आदित थापा र कस्मी तिलिजाले गरेको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारीदिनुभयो ।