लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

रुपन्देही, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाण केसी लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमोजिम खनाललाई सपथग्रहण गराइएको थियो ।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation