
लम्बिनि विकास कोषलाई विभिन्न माग राखि स्थानिय राजनैतिक दलहरुले मागपत्र पेस गरेका छन । हिजो लुम्बिनि विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाइ ति मागपत्र बुझायका हुन ।
लुम्बिनि विकास कोषले स्थानिय राजनैतिक दल र सरोकारवाला निकायसँग समन्य नगरि वजेट पेस गरेको, तमाम बिकृतिको विषयमा मौन बसेको लगायका तमाम बिकृतिको विषयमा प्रश्न उठाएको नेकपा माओवादी केन्द्रका नेता अमर(हिरा बहादुर रोका)ले बताएका छन् । ज्ञापन पत्र बुझ्दै सदस्य सचिव सानुराजा शाक्यले भने स्थानिय सरोकारवाला निकायले उठायका माग जायज भएको भन्दै छिट्टै कार्यन्यनमा जाने वताउनुभयो ।
ज्ञापन पत्र बुझाउन माओवादीका बिक्रम यादव, महेन्द्र कुमार यादव, जनमत पार्टिका गोविन्द धवल, जनता समाजवादीका सुग्रीम प्रसाद यादव, एकिकृत समाजवादीका सफिदर्रहमान यादव, राष्ट्रिय स्वतन्त्र पर्टीका करण पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टिका हिन्दराज यादव लगायतले संयुत्त रुपमा ज्ञापनपत्र बुझायका थिए ।