सहिद रामापुर क्याम्पसमा तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसले आयोजना गरेको तिज गीत बिशेष सांस्कृतिक कार्यक्रम तथा तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

तीज गीत बिशेष सांस्कृतिक कार्यक्रम तथा तीज गीत प्रतियोगितामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका बन तथा बातावरण राज्यमन्त्री रुपा बिकले अहिले तीजका छाडा गीतले प्रश्रय पाईरहेको बताउँदै हाम्रो मौलिकपन बोकेका तीज लोकगीतहरु ओझेलमा पर्न लागेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले हामीले हाम्रो कला संस्कृतिलाई बचाएनौं भने अरु कसले संरक्षण गर्ने भन्ने प्रश्न गर्नुभयो ।

 

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले विगतको तीजभन्दा अहिलेको तीज मनाउनेक्रममा धेरै भिन्नता देखिएको बताउँदै तीजले विगतमा ब्यक्त गर्ने दुःखसुखका बेदनाका कुरा अहिलेको तीजमा हराएको बताउनु भयो । उहाँले अहिलेको तीज हुँदा खानेको तीजभन्दा हुनेखानेको तीज बन्न पुगेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका सभापति मनोज बेलबासेको सभापतित्वमा भएको कार्यक्रममा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, क्याम्पसका प्रमुख हेमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
त्यस अवसरमा आयोजित तीज गीत प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा बिबिएस प्रथम बर्षमा अध्ययनरत अन्जली अधिकारीको टिम प्रथम भएको छ भने बिबिएस तेश्रो बर्षमा अध्ययनरत अमृता ज्ञवालीको टिम दोश्रो भएको छ । त्यसैगरि तेश्रोमा बिएड दोश्रो बर्षमा अध्ययनरत रोमा अधिकारीको टिम भएको छ भने बिएड तेश्रो बर्षमा अध्ययनरत गीता पराजुलीको टिम सान्त्वना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation