कोरियन बौद्धिष्ट सोसाईटीद्वारा सैनामैनाका विद्यार्थीलाई साईकल उपहार

सैनामैना, २३ भदौ ।
कोरियन बौद्धिष्ट सोसाइटी ग्वान्जुले सैनामैनामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि साईकल वितरण गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरि कोरियन बौद्धिष्ट सोसाईटीका योङसेब र योङ इलको प्रतिनिधि मण्डलले सैनामैनाको वडा नं. ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कपरव ३० वटा साईकल बितरण गरेको हो ।

कोरियन बौद्धिष्ट सोसाइटी ग्वान्जुले सैनामैनाका अन्य विद्यालयहरुमा पनि साईकल वितरण गर्ने कार्यक्रम रहेको सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो ।
साईकल बितरणको कार्यक्रम सैनामैनामै ल्याउनका लागि समाजसेवी कृष्ण पोखरेलले समन्वय गर्नुभएको थियो ।

कोरियन बौद्धिष्ट सोसाइटी ग्वान्जुका प्रतिनिधि योङ इलले बुद्धको देश नेपालमा आएर विद्यार्थीहरुलाई साईकल वितरण गर्नु पाउँदा आनन्दको अनुभूति भएको बताउनु भयो । उहाँले नेपाल हिमालयको देश भनेर संसारले चिनेको बताउँदै नेपाल जस्तो भूमिमा आउन पाउनु आफूहरुको ठूलो शौभाग्य रहेको उल्लेख गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र शान्तिसमाजका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द खनाल, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation