कृष्ण बन्जाडेद्वारा बाबुराम भट्टराईलाई खुलापत्र

हिज २०८१/०५/२१ गते १९ बुदे ज्ञापनपत्र बुझाए छन । मिडियाले खुला गर्याे । तपाईं देशले आशा र भराेसा गरेको पात्र । तपाईंले माक्र्सवाद,लेनिनवाद,माओवाद भनेर लाखौं  लाख नेता, कार्यकर्ता र जनतालाइ २०५२ साल फाल्गुन १ गतेदेखि जनयुद्ध घाेषणा गरेर युद्धमा हाेमेकाे हाेकि हाेइन ? जनयुद्धमा हजारौं याेद्वा तपाईंहरूको कारण आफ्नो जिउकाे वलिदान दिएको हाेकि हाेइन ? चुमवाङ बैठकले तपाईंको शान्ति सम्झौता ,संविधानसभाबाट संविधान, समावेशी, समानुपातिक, एकात्मकबाट संघात्मक शासन प्रणाली, लाेकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, धर्म, लिङ्ग, जात, जाति, क्षेत्र, समुदाय भनेर तपाईंको राजनीति कार्यदिशा प्रचण्डका कारण पास भएर आजसम्म याे अवस्थामा आउदा तपाईं अहिले कहाँ हुनुहुन्छ?

जनयुद्ध र जनआन्दोलनका घाइते, अशक्त, बेपत्ता, अभिभावक बिहिन सहिद परिवारलाई पुर्णतः ब्यबस्थापन नगरि तपाईं कहाँ बरबराउदै हिडिरहनु भएको छ ? कम्युनिस्ट बनेर हजारौं मान्छे क्रान्तिमा हाेम्ने,संसारमा कम्युनिस्ट काम छैन याे विचार छाेडे भनेर हिड्ने तपाईंको बेइमानी र  राजनीति बालापन पर्ति कत्ति पनि महशुस भएको छैन? 

तपाईंकाे विज्ञता र २०६५२०७८/२०७९ काे तपाईंको नेतृत्वको सरकारले देशले फड्को हान्ने आशा,भराेसा र विश्वास जागेको थियोे । तर तपाईं दक्षिणकाे दबाबका कारण समृद्धिकाे खाका र याेजना भएको मानिस नयाँ शक्ति ,पुरानो घर राताे स्टिकर लागेकाे दाेषाराेण गर्नु भयो र आन्दोलनबाट तपाई र केही आन्दोलन प्रति इमानदार मानिस लिएर निक्लनु भयो  । इतिहासमा स्वर्णिम अक्षरले तपाईं र तपाईंको याेगदानकाे लेखिने वाला थियोे । तर ठुलो अवसर गुमाउनु भयो र माओवादी आन्दोलनलाई धाेका दिनुभयो । अहिलेसम्म  भिमसेन थापा,राजा महेन्द्र पछिको विज्ञ नेता,विकास ,याेजना र समृद्धिकाे भिजन तपाईमा अदभूत छ । तर तपाईंले आफैलाइ चिन्न सक्नु भएन । तपाईं जस्तो विद्वानले भियतनामका हाेचिमिन्ह, फिडेलकाष्टाे, लेनिन, माओ, लाओस उत्तरकाेरिया, देङसाओपिङ  सबैकाे बारेमा अध्ययन पक्कै हाेला किनकि तपाई त्यहीँ दर्शनबाट दिक्षित भएर  माओवादी जनयुद्धमा जानु भयो ।

शान्ति प्रक्रियाबाट आएपछि २०६५ काे प्रचण्डकाे नेतृत्वको पहिलो गणतन्त्र नेपालकाे प्रथम सरकारकाे अर्थमन्त्री भएर ३००% राजश्व उठेर अनुमानवादि विज्ञ खल्लो भएका थिए । सफल यात्रा शुरुआत भयो । त्यस सरकारका विरुद्ध षड्यन्त्र गरि ९ महिनामा ढलाइयाे। तपाईं स्थापित नेता भएको कहि कतै लुकेको छैन । २०७८/२०७९ काे तपाईंको नेतृत्वको सरकारले गरेका सडक संजाल र सडक फराकिलो पार्ने अभियानले दिर्घकालिन असर बनायो ।

शान्तिप्रक्रियाका बांकी काम छाडेर छिमेकीको इसारामा तपाईं भड्किनु भयो । आफुले थालनी गरेको आन्दोलनकाे सबै ब्यबस्थापन नगरि भाग्नु राजनीति बेइमानी हाे । तपाईंको राजनीति बेइमानीका कारण याे आन्दोलन र आन्दोलनबाट ब्यबस्था परिवर्तन गर्न गरेको आन्दोलनलाई घृणा गर्दै असहयोग गर्ने प्रतिगामी शक्ति सामुन्ने १९ बुदे ज्ञापनपत्र दिनुभएछ । बाघको अगाडि हरिण आफुलाइ सुरक्षित गर्न विन्तिपत्र चढाए जस्तो हाे । तपाईं त्यहीँ गर्नुभएकोमा साधुवाद छ । याे परिवर्तनका सहकर्मी साथिकाे बारेको गुनासो सुन्ने र उनको बारेमा  नकारात्मक टिप्पणी गर्न भ्याउनु भए हाेला । अझै बुद्धि हराएपनि सदबुद्वि पलाउस । कुनै काम जहाँ बसेर थालनी गरिन्छ त्यहीँबाट समाधान र समाप्त गर्नु पर्छ । तपाईंको हकमा पनि यहीँ सिद्धान्त लागू हुन्छ । भ्रम छर्नु भनेको आफै प्रति भ्रम छर्नु हाे । त्यसले आफुलाइ नै सक्काउछ । तपाईं जस्तो विद्वानलाई सल्लाह र सुझाव दिन मिल्छ वा मिल्दैन । मैले सरल भाषामा विना पुर्वाग्रह र अझै पनि पुनरविचार गर्ने समय र अवसर छ  भन्न मात्र खाेजेकाे हाे । तपाईं जहाँ भएपनि अहिलेकाे सामाजिक,राजनीति,आर्थिक समस्याको समाधानकाे एउटा राेडम्याप बनाइ दिनुस नकि ज्ञापनपत्र ।

देशको आर्थिक वृद्धि र समृद्धिकाे DPR(detail project report ) तयार पारिदिनुस । जुन Road Map र DPR नेपालका विश्वविधालय,राजनीति दल, विज्ञ, शिक्षक, बुद्धिजीवी, प्रध्यापक, वकिल, कर्मचारी, मजदुर, किसानले अध्ययन गरून् र साेधपत्र बनाेस । बाबुराम प्रति आशा र भराेसा भएर मात्र मैले खुलापत्र लेखेको छु । यसले तपाइ र तपाईंको जीवन सफल र याे धर्ति रहेसम्म अजय रहनु हुनेछ ।

अझै नेपाली जनताले पुरानो आन्दोलनमा फर्केर देश समृद्धि बनाउने क्षमता राख्ने नेता मानेका छन । जिवनमा अनेक गल्ती हुन्छन् । तर गल्ती गरेको स्वीकार गरेर पुन सच्याउने तर्फ अगाडि बढनु नै बढाेत्तरि हुन्छ । प्रचण्ड र तपाईंको पुन सहकार्यले फेरि एउटा उचाइमा पुर्‍याउने  छ । समृद्धि धेरै टाढा छैन । प्रचण्डकाे १८ महिने सरकारले नेपाली जनतामा फेरि आशा र भराेसा जगाएकाे छ । सहकार्य सहित सम्पूर्ण शक्ति जाेडिएमा विकसित राष्ट्र बन्ने छ । विना पुर्वाग्रह अगाडि बढन अपिल छ । तपाईंको भिजन अपुराे आन्दोलन बाट पूरा गराै । चिनकाे देङसाओपिङ बन्नुस । देङ कहिलेै नेतृत्वमा नभएपनि आज वहाँकाे अर्थनीतिले चिन कहाँ पुग्यो । वहाँले संसारलाइ अचम्मित बनाएका छन । उनी भाैतिकरुपमा जिवित छैनन् तर उनी जिवित छन । तपाईं नेपाल र नेपालीको देङसाओपिङ बन्नुस । पृथ्वी रहेसम्म बाचिरहनुस । विन्तिपत्र तपाईंले चढाउने हाेइन तपाईंले बुझ्ने हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation