माओवादी निकट शिक्षक संगठन रुपन्देहीको जिल्ला परिषद् हुँदैे

सैनामैना । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको प्रथम जिल्ला परिषद यहि भाद्र २९ गते भैरहवामा हुने संगठन रुपन्देहीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठनले २९ गते प्रथम जिल्ला परिषद भैरहवाको नमुना माध्यमिक विद्यालयमा गर्ने भएको हो । संगठनका जिल्ला अध्यक्ष रोमनाथ न्यौपानेका अनुसार प्रथम जिल्ला परिषद उद्घाटन गर्न संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डे लगायत नेताहरुले उद्घाटन गर्ने जनाएका छन् ।

रुपन्देही जिल्लाका १६ वटा पालिकाबाट शिक्षक कर्मचारीहरु सहभागी हुने कार्यक्रममा शिक्षा क्षेत्रका समस्या र चुनौति, वौद्धिक पलायन जस्ता शैक्षिक मुद्धामा केन्द्रितमै छलफल हुनेछ भने शिक्षा ऐन आउन नसक्नु, आम शिक्षक कर्मचारीका समस्या समाधानका मुद्धाहरु, शिक्षक महासंघको प्रभावकारीताको विषयमा पनि छलफल हुने आयोजक समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation