लुम्बिनी साँस्कृतिक नगरपालिका सभाहल वडा न१ खुनगाईमा थिङकिङ रिच नेपालको आयोजना र विभिन्न संघसंस्थाहरूको सहकार्य र समन्वयम। महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको लक्ष्य महिलाहरूलाई कसरी सशक्त बनाउन सक्छौं, महिलाहरुले भोगिरहेको समस्यालाई कसरी न्यूनीकरण गर्न, महिलाहरूको आत्मबल हामी कसरी बढाउन सक्छौ हाम्रो समाजमा रहेका महिलाहरूको समस्यालाई कसरी अन्त्य गर्न सक्छौ भन्ने विषयमा जोडदार प्रस्तुति कार्यक्रमका मुख्य प्रशिक्षक संजयकुमार पासीले गर्नुभएको थियो। उक्त कार्यक्रममा महिलाहरूको क्षमतालाई पहिचान गराउनका लागि कार्यक्रमका सहायक प्राशिक्षक बि.के विश्वकर्माले विभिन्न कुराहरु को बारेमा जानकारी गराउनुभयो।
क्षमता आभिबृदी नेतृत्व बिकास सामाजिक रुपान्तरणकाे लागि महिलाहरुलाई समुदायमा पहुच बढाउन , सामाजिक मुल्य मान्यता विरुद्ध अभियान संचालन गर्न महिलाहरुलाई सचेत वनाउनेकाे उद्देश्यले महिला विरुद्ध हुने हिंसालगायत सबै प्रकारका विभेद र सीमान्तकृत अवस्थाको अन्त्य गर्न विशेष जोड दिंदै सबै तह र तप्काका महिलाहरुको मानव अधिकारको संरक्षण सुनिश्चित गर्ने ।
जुनसुकै जात–जाति, भाषा, धर्म, लिङ्ग, वर्ग र क्षेत्रको भएतापनि घरेलु हिंसा, बेचबिखन, द्वन्द्वलगायत विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरूको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने ।लक्ष्य रहेकाे।थिङकिङ रिच नेपाल रुपन्देही अध्यक्ष दिनेश गुप्ताले बताएका छन।
उक्त कार्यक्रममा थिङ्किङ रिस नेपालका अध्यक्ष दिनेश कुमार गुप्ता सभा अध्यक्ष हुनुहुन्थ्यो र प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन को उपस्थिति थियो। विशिष्ट अतिथिको रूपमा वार्ड नं २ का वडा सदस्य आमद खान समाजसेवी युवा नेता वजहुद्दिन खान, समाजसेवी अब्दुल मोईद खान, जनमत पार्टीका जिल्ला इन्चार्ज राकेश गुप्ता, गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्छु लाल केवट ज्यु र लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षाहरु लगाएत सहभागीता रहेको र
कुमारी बैंक , रेति ईन्स्टिच्यु , गाई छाप डिटर्जेन्ट विभिन्न संस्थाले सहकार्यकाे आयोजनाले महिला सशक्तीकरण कार्यक्रम सभ्य भब्य रुपमा कार्यक्रम सम्पन्न थियाे ।
कार्यक्रम संचालन करन बरुनले गर्नु भएको थियाे औपचारिक कार्यक्रममा विभिन्न स्कुल तथा महिला , किशोरकिशोरी गरि तीन सय तीन सय जना सहभागी र विभिन्न संस्था कय प्रतिनिधित्व पुरुष प्रतिनिधि एक सय सहभागी रहेका थिए । कार्यक्रम अनुसार सुरुमा राष्ट्रिय गाना औ अमर सहिदहरुकाे लागि मौन धारण गदै कार्यक्रम संचालन गरिएको थियाे । चरण अवधी साँस्कृतिक समाज कपिलवस्तुका अध्यक्ष बैरागी कविले नारी शसक्तिकरण शिर्षक कविताबाट सुनाउनु भएको थियाे।
मुख्य प्रशिक्षक सन्जय निगमले महिला शसक्तिकरण महिला सम्बन्धि आफ्नो अनुभव बताउनु भएको थियाे रुद्रपुर स्थानीय कलाकार हिपहप रयाप गायक दिपक कहारले महिलाकाे हिसां घटनालाइ जाेड दिदै लागि गीत सुनाउनु भएको थियाे महिला शसक्तिकरण विषयमा विभिन्न वक्ता द्वारा आफनो आफ्नो बिचार राखनु भएको थियाे कार्यक्रम विहान ११वजे देखि ४वजेसम्म काे थियाे आयोजक टिमले। विभिन्न संघसंस्था विधालयहरुलाई मायाकाे चिन्हा प्रदान गरेकाे थियाे । रुपन्देही जिल्लामा महिला अधिकार महिला शसक्तिकरण जाेडदै अगाडि बढाउने दस महिलाहरु उत्कृष्ट नेतृत्व आवार्ड २०२४ Outstanding Leadership Award 2024 प्रदान गरेकाे छ। कार्यक्रममा सहयोग गरेने विभिन्न संस्थालाई आयोजक संस्थाले सम्मान पत्र सम्मानित गरेकाे छ । कार्यक्रममा लुम्बिनी संस्कृतिक नगरपालिका उप-प्रमुख कल्पन हरिजनले महिला सम्बन्धि नीति नियम र अधिकार सुनिश्चितता लगायत विषयमा संबेदनसिल तरिकाले काम गर्ने महिला बिकास औ शसक्तिकरण सम्बन्धि बजेट बिनियोजन गर्नु भइरहेको छ थिङकिङ रिच नेपाल संस्थाले धेरै राम्रो कामहरु गदै आएकाे महिलाहरुलाइ आत्मविश्वास बढाउनु
महिलाहरूलाई कुनै पनि काममा सशक्त बनाउनु
महिलाहरू भित्र भएको क्षमतालाई पहिचान गराउनु
महिलाहरूको हक र अधिकार सम्बन्धी सचेत गराउनु
पिछडिएको महिलाहरूलाई उच्च शिक्षा हासिल गर्नमा प्रेरित गर्नु
महिला विरुद्ध हुने हिंसालगायत राेकथाम गराउनु छाेरा भन्दा छाेरिलाई पढाइ कम गराउनु नगरस्तरिय कुनै पनि छाेरिहरुलाई पढाइमा कठिनाइ आएकाे छ भने नगरपालिका आएर भेटनु मैले सक्दो सहयाेग गर्ने छु प्रतिबद्धता जनाउनु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय र कपिलवस्तु लगाएतकाे उपस्थिति रहेकाे थियाे।











