बुटवल । बुटवलको ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारीको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा छविन्द्र भट्टराई, सचिवमा विनोद खनाल, कोषाध्यक्षमा मणिरत्न शर्मा र संचालक समिति सदस्यहरुमा शारदा खनाल, भोलानाथ भुसाल, चुरिमाया कुँवर, ई प्रदीप सुवेदी, गणेश जिसी, कमला बन्जाडे भुसाल, सुनिता केसी रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा पशुपति पौडेल, गिरी मरासिनी र कृष्ण ढुंगाना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।
यसअघि बन्दसत्रमा अध्यक्ष मानबहादुर कुँवरले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विनोद खनालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सििमत संयोजक पशुपति पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन छलफलसहित पास गरिएको थियो ।
कुल १४१६ शेयर सदस्य रहेको यो सहकारीको बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको छ । साधारण सभाको उद्घाटन सत्रमा बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुणाकर खनालले सहकारीका हरेक सदस्यहरु आफ्नो बचत र सहकारीका गतिविधिप्रति सधै चनाखो हुनुपर्ने बताउँदै नगरसँग आवद्ध रहेका कुनै पनि सहकारीमा अहिलेसम्म समस्या नआएको प्रष्ट पारे । उनले संचालक समितिमा अहिले उपमहानगरपालिकाले बढाउँदै गएको निगरानीले अझै बढी प्रभावकारी बढेको तर थोरै कर्मचारी धेरै संस्थाहरु भएकाले एकैपटक समयमै चाहेजसरी निगरानी गर्न नसकेको तर कानुन विपरीत जान खोज्नेलाई रोक्न सकिएको जनाए । अहिले संचालक समिति र लेखा समितिलाई बनाइएको स्वनियमले सजिलैसँग कसैले ठगेर जान नसक्ने तर धेरै लोभ देखाउने बाहिरबाट आएका सहकारीप्रति सजग रहन उनले सबै सदस्यहरुलाई आग्रह गरे ।