सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो । तर, अहिले नगरपालिकाले उक्त कम्पनीको सफ्टवयर हटाएर आर्थिक वर्ष २०८१–८२ देखी सरकारलेनै संचालन गरेको सफ्टवयर सूत्र प्रणालि मार्फतनै सवै कारोवार गर्न थालेपछि विगतका वर्षहरुमा झै लाखौ खर्च गरेर खरिद गरिने निजि सेवा प्रदायक कम्पनिका सफ्टवयर संचालनमा रोक लागेको हो ।

आर्थिक वर्ष २०८१–८२ देखि सैनामैना नगरपालिकाले सुत्र प्रणालि लागु गरेपछि निजि क्षेत्रवाट सेवा दिदै आएको साङ्ग्रीला सफ्टवयरले अहिले सैनामैनाको कुनै पनि डाटा दिन मानेको छैन । कुन व्यवसायले कहिलेदेखि सैनामैना नगरपालिकामा कर तिरेको छ वा छैन भन्ने यकिन हुन सकेको छैन । र सैनामैना नगरपालिकाको लागि यो राजश्व प्रणलिमा आएको निकै ठुलो घाटा हो भने आम सैनामैना बासिका लागि सैनामैना नगरपालिकाले गरेको गल्तीका कारण भोग्नुपरेको ठुलो आर्थिक भार हो । यसै सफ्टवयर मार्फत नगरले मालपोत कर, सिफारिस कर, भूमिकर लगायतका कर उठाउदै आएको थियो । यहि प्रणालि मार्फत कारोवार गरेको सैनामैना नगरपालिका अहिले रित्तो हात भएको छ । नगरपालिकासंग अहिले सैनामैनाको भूमि करको कुनै पनि डाटा छैन । नत उक्त कम्पनीसंग डाटा माग्नको लागि पहल गरेको छ ।

यतिसम्म कि नगरपालिकाले वडामा भूमिकर बुझाउन आएका सेवाग्रहि संग उल्टो बिगतमा बुझाएको रसिद मागेको र सो रसिद नभए विगत ५÷६ वर्ष अगाडि देखि कर नबुझाएको भन्दै जनतासंग फेरि कर उठाएको छ । यसरि एउटा स्थानिय तहले जनतामाथि गरेको यो निकै ठुलो आर्थिक अपराध हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation