सैनामैना । शिक्षा दिवस तथा संविधान दिवस २०८१ को अवसरमा जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय द्धारा आयोजित रक्तदान कार्यक्रमबाट ५३ युनिट रगत संकलन गरेको छ ।
जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय परोपकारी काम र सामाजिक विकासमा सक्रिय संस्था हो । यसले विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएको छ । जुनियर/युवा रेडक्रस सर्कलले विभिन्न परोपकारी काम गर्दै बालबालिकाको हितलाई ध्यानमा राखेर यसले वृक्षारोपण गर्ने, राहात वितरण गर्ने जस्ता सामाजिक सेवामा काम गर्दै आएको छ ।
जुनियर/युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालयले ११ औँ संस्करणको रुपमा आज जनकल्याण माध्यमिक विद्यालयको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेल, वडा नं. ८का वुद्धि चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।