सैनामैना, असोज १९ । बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्था सैनामैनाको आयोजनामा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
चाडपर्वको अवसर पारि बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले आफ्नो टोल र क्षेत्र अन्र्तगत पर्ने सम्पूर्ण क्षेत्रमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धन प्रसाद पौडेल, टोल विकास संस्था, आमा समुह, यूवा क्लव, आम उपभोक्ता लगायत सम्पूर्ण सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रमकै अवसरमा बिभिन्न सरसफाईका सामग्री समेत वितरण गरियको संस्थाका अध्यक्ष राम प्रसाद भुषालले जानकारि दिनुभयो । बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले समय समयमा बिभिन्न रचनात्मक कामहरु ग्र्दै आइरहेको छ ।