सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

२० असोज, काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो ।

 

बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । तर नेपालको अन्तिम टोलीमा रहेर खेल्ने अवसर भने पाउन सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation