अखिल नेपाल शिक्षक संगठन सैनामैनाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अखिल नेपाल शिक्षक संगठन सैनामैनाले दशैको अवसरमा सूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज विहान सैनामैनामा रहेको जनज्वोति माध्यामिक विद्यालयमा भएको शूभकामना आदान प्रदान कार्यक्रममा आफ्नो शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि ने क पा का पोलिटब्युरो सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज बसन्त श्रेष्ठले मानव समाज भित्र धर्म भन्दा धेरै अगाडि सस्कृतीको विकास भएको बताउदै हामीले मनाउदै आएका पर्व तथा उत्सवहरु मानव विकास सङ्गै शुरूवात भएका र समयको गतिमा ती सस्कृतिहरुलाई धर्म सङ्ग जोडिन थालिएको बताए । धर्ममा आस्थावान अग्रज व्यक्तिहरुकै अज्ञानताले धर्म सस्कृती माथी विकृति फैलिदै गएको प्रसङ्ग उठाउदै सबैभन्दा पहिले आफुलाई अग्रज सम्झिने धर्मगुरु , सामाजिक अभियन्ताहरु , राजनीतिक कर्मिहरुबाट नै अभियानात्मक रुपमा धर्म ९ सस्कृतिमा देखिएका राम्रा र नराम्रा पक्षमा बहस पैरबी को थालनी गर्नु पर्नेमा जोड दिए । नेपालको राजनितिक परिदृश्य प्रति टिप्पणी गर्दै नेता श्रेष्ठले नेपाली राजनितिमा प्रमुख समस्या भनेकै नितिगत तहमा रहेको बताए । आजको राजनितिक संकट सिर्जना हुनुमा यहाँका पार्टी र त्यस पार्टीका एक ९ दुई जना नेताको मात्रै दोष नरहेको बरु उनिहरु यहा निर्माण गरिएको नीति विधि बमोजिम बैधानिक रुपमै भ्रष्ट बन्दै गएको तथ्य उजागर गरे । अहिलेको अवस्थामा नेपालका संसदिय राजनीतिक पार्टीमा वैचारिक र आचरणको हिसाबले कुनै तात्तिक फरक नरहेको ठोकुवा समेत गरे । अबको सहि निकासको लागि यो या त्यो पार्टी नभनी सबै पार्टी भित्रका सच्चा देशभक्तहरु कुनै न कुनै तरिकाले एक्तावद्द हुनु पर्ने र सबैले भन्ने गरेको समाजवादलाई अपब्याख्या नगरी र अरु कुनै देशको अन्ध नक्कल नगरी नेपाली समाज सुहाउँदो नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्न सामुहिक प्रयत्न गर्नु पर्ने कुरामा जोड दिए ।

 

कार्यक्रममा रेडक्रस सोसाइटि लुम्बिनि प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनि, नेकपाका सैनामैना ईन्चार्ज विष्णु भट्टराई, थारु राष्ट्रिय मुक्ती मोर्चा अध्यक्ष नविन थारु, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सह–अध्यक्ष गुणाखर भट्टराई, धर्मराज अत्रेय, कमलराज वेल्वासे, कृष्ण पाण्डे, लक्ष्मण पौडेल, तेजेन्द्र थापा, देवि भट्टराई डोलराज भण्डारी, छवि पाठक लगायतका बुद्दिजिहरुले शुभकामना दिनुभएको थियो । भने अखिल नेपाल शिक्षक संगठनका सल्लाहकार अर्जुन प्रसाद पोखरेलको अध्यक्षता र कृष्ण पौडेको संचालनमा सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation