कपिलवस्तुबाट दियालो मेट्रो एसीको रात्रिकालीन सेवा सुरू

सैनामैना, कार्तिक ३। दियालो मेट्रो एसीले आफ्नो रात्रिकालीन बस सेवा शुक्रबार महाराजगन्जमा एक विशेष कार्यक्रमका बीच सुरु गरेको छ। यो सेवाले यात्रुहरूलाई कपिलवस्तुको महाराजगंज, बुटवल र काठमाडौंको कलंकी क्षेत्रमा सुविधाजनक यात्रा प्रदान गर्नेछ।

सेवा समय तालिका: –

महाराजगंजबाट: साँझ ६:०० बजे

बुटवलबाट: साँझ ९:०० बजे

काठमाडौंबाट: साँझ ६:३० बजे

कलंकीबाट: साँझ ७:०० बजेFB_IMG_1729298053347.jpg

दियालो मेट्रो एसीका संचालक नारायण मरासिनीका अनुसार यो सेवाले स्थानीय यात्रुहरूको लामो समयदेखिको माग पूरा गर्नेछ। स्थानीय सेवाग्राहीहरूले पनि यस सेवाको स्वागत गरेका छन्।

यात्रुहरूले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गरी सेवा लिन सक्नेछन्:

– ९८५७०७८०७२ – ९८५७०७८०७३ – ९८५७०७८०७४

यो नयाँ सेवाले यात्रुहरूलाई सुरक्षित र आरामदायी रात्रिकालीन यात्राको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation