सैनामैना नगरपालिकाले सार्वजनिक गर्न थाल्यो कार्यपालिकाको निर्णय

सैनामैना, कार्तिक ५।  पालिकाबाट हुने सेवा प्रवाहबारे जानकारी दिन भनेर सबै स्थानीय तहले वेवसाइट बनाएका छन् । सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०६४, नियमावली २०६५ ले सुशासन कायम गर्न वा सेवा प्रवाहमा चुस्तता ल्याउन सूचना प्रविधिको उच्चतम प्रयोग गर्न निर्देशित गरेको छ । सूचना प्रविधि नीति २०६७ पनि कार्यान्वयनमा छ । तर,सैनामैनामा निर्वाचित जनप्रतिनिधि आएको सात वर्षमा बल्ल आर्थिक बर्ष २०८१–८२ देखि लागु हुने गरि कार्यपालिकाले गरेका निर्णयहरु आफ्नो आधिकारीक वयवसाईटमा राख्न थालेको हो।

सैनामैना नगरपालिकामा अघिल्लो कार्यकालका लागि एमालेवाट निर्वाचित मेयर चित्र बहादुर कार्कीले पनि आप्नो कार्यकालमा कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक गरेका थिएनन् । र हाल नेपालि काङग्रेसवाट निर्वाचित मेयर फणिन्द्र प्रसाद शर्माले पनि सर्वजनिक गर्न सकिरहेका थिएनन् तर केहि स्थानिय पत्रकारहरुको निरन्तरको खवरदारी र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालिको सकृयताको कारण कार्यपालिकाको निर्णयहरु सार्वजनिक हुन थालेका छन् । निर्णयलाई पारदर्शी बनाउँदा स्थानीय तह र जनप्रतिनिधिमाथिको विश्वनीयता बढ्ने र संघीयता थप बलियो हुने छ । ‘स्थानीय तहले आफ्नो गतिविधि, खर्च नबुझेर, नभ्याएर सार्वजनिक गर्न सकिँन भन्न पाइँदैन, ‘स्थानीय सरकार भनेको छाम्दा भेटिने सरकार भएकोले पनि अन्य निकाय भन्दा धेरै पारदर्शी हुनपर्छ ।

सैनामैना नगरपालिकाले पछिल्लो समय सूसासनका क्षेत्रमा केहि सूधारका कामहरु अगाडी बढाईरहेको भएपनि कतिपय निर्णयहरु आम जनतामाझ पु¥याउन नसक्दा जनताले परिवर्तनको महसुस गर्न पाइरहेका छैनन् । स्थानिय पत्रकार, जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत बिच तादम्यता हुन नसक्दा जनप्रतिनिधिले गरेका राम्रा कामपनि ओझेलमा पर्ने गरेका छन् । यसको फाइदा भने मेयर इतरका दलहरुलाई ८४को स्थानिय तहको निर्वाचनमा पुग्ने स्वयम् काङग्रेसका स्थानिय नेताहरु वताउने गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation