भुटान १३ गोल गर्दै सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३(० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो हाफको खेल सकिँदा भुटान ६(० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २(२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १–१ गोल गरे ।

यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लिएको छ । भुटानको गोल अन्तर ं१६ भएको छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्नेछ ।नेपालले कम्तीमा ६ गोल गर्नुपर्नेछ ।

खेलको तेस्रो मिनेटमै भुटानले पेनाल्टी पाएको थियो । सोनाम छोदेनको पेनाल्टी प्रहार गोलरक्षक अमिनाथ लिजाले बचाइन् । तर त्यसको २ मिनेटमै सोनामले गोल गरिन् । लगत्तै पेमा छोदेनले क्लियर हुन नसकेको बलमा अर्को गोल गरिन् ।

नेपालले ५ः३० बजे श्रीलंकासँग खेल्दैछ । पछिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ११(० तथा भुटानले श्रीलंकालाई ४ं१ ले हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation