सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ ।
संस्थाले विगतका वर्षदेखी टोल विकास संस्थाहरुलाई नगद १० हजार रुपैया बजेट विनियोजन गर्दै आएको छ । संस्थाको सेवा क्षेत्रभित्रका टोल विकास संस्थाहरुलाई बार्षिक १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँले बताउनुभयो ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सेवा क्षेत्रभित्र ३० वटा टोल विकास संस्थाहरु रहेका छन् । टोलभरिको सरसफाइ राख्ने दायित्व टोल विकास संस्थाहरुको हुने भएकाले सरसफाइमा सघाउ पुगोस् भन्ने उद्धेश्यले रकम उपलब्ध गराउन थालेको संस्थाका उपाध्यक्ष देवीदत्त सुवेदीले बताउनुभयो ।
संस्थाका सचिव भिम बहादुर खड्काले ‘टोल विकास संस्थाहरुलाई सरसफाइको लागि प्रोत्साहित गर्न रकम उपलब्ध गराउन थालेको जानकारी गराउनुभयो । खड्काले यसबाट टोलविकासका सस्थाहरुले सरसफाइ सामग्रीहरु खरिद गर्ने गरेको समेत जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले मुर्गिया खानेपानीले विगत देखीनै निकै उत्कृष्ट कार्य गर्दै आइरहेकोमा रहेकोमा सस्थालाई धन्यवाद दिनुभयो । सस्थाले टोलविकासका सस्थालाई मात्र नभएर सामाजिक काममा अरु संघ सस्था भन्दा सधै अगाढी रहेको अधिकारीको भनाई छ । सस्थाले विभिन्न संघ सस्थाको सहकार्यमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम आफ्नो सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालय, क्याम्पस, मन्दिर र अन्य सामाजिक संघसंस्थालाई डस्टबिन वितरण गर्दै आइरहेको समेत जानकारी गराउनुभयो ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सैनामैना नगरपालिकाको वडा नंं २, ३, ४ र ५ का करिब ४ हजार ५ सय घरपरिवारकालाई सुरक्षित खानेपानी वितरण गर्दै आएको छ ।