पार्टी पुनर्गठन दिवसमा रक्तदान

विनोद खनाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न रक्तदान कार्याक्रममा ४० पोईन्ट रगत संकलन भएको हो ।

जनमुक्ति सेना गठन भएको दिनलाई पारेर २०७० साल मंसिर ८ गते महासचिव विप्लपको नेत्तृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको थियो। सोहि सन्दर्भमा नेकपाले देशैभर प्रदर्शन लगायत बिबिध रचनात्मक कार्यक्रम गरेको छ ।

नेकपा रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरद सीले पार्टी पुनगर्ठन दिवसको सन्दर्भ जनमुक्ति सेना निर्माण एवं क्रान्तिकारी पार्टी, कार्यदिशा र नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेलेको ऐतिहासिक दिन बएको उल्लेख गरे । उनले भने – ‘क्रान्तिको बाँकी कार्यभार पूरा गर्न हामी सबैको साझा दायित्व भएकाले दृढ भएर जनताका मुद्दा  समाधान गर्न लाग्नु पर्ने र त्यसको नेतृत्व हाम्रो पार्टी र हाम्रो नेताले लिनु पर्ने जिम्मेवारी आएको छ। यो जिम्मेवारी हामी सचेतता पुर्बक पूरा गर्नुपर्नेछ।’
देशमा बिकृती बिसङ्गती भ्रस्टाचार अनमियता बढ्दो छ यसको समाधान भनेको नेपाली विशेषताको समाजबादले मात्र गर्ने भन्दै नेता सरदले महासचिवको नेतृत्वमा देशलाइ नयाँ बनाउने र जनताका समस्या समाधान गर्ने लक्ष्य लिएको बताए।

नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता बुटवल नगर सेक्रेटेरी विज्ञान सिको संचालन एवं केन्द्रीय प्रतिनिधि सदस्य नबिन सि को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation