माओबादी केन्द्र सैनामैना ५ र ८ को वडा अधिबेशन सम्पन्न

सैनामैना १४ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर ५ र ८ को वडा अधिबेशन आज सम्पन्न गरेको छ ।

अधिबेशनबाट वडा न ५ र ८ मा नयाँ नेतृत्व निर्बाचित भयको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा मधु अर्याल, उपाध्यक्षमा गोपाल घिमिरे र उमा भट्टराई , सचिबमा सीता दर्नाल, सहसचिबमा जनदत्त जैसी, कोषाध्यक्षमा टीका भाट सहित २५ सदस्यीय वडा समिती निर्बाचित भयको हो ।

यस्तै सैनामैना नगरपालिका वडा नम्बर ८ को .अध्यक्षमा मुक्तिनाथ ज्ञवाली, उपाध्यक्ष – क सरिता पौडेल ( दुर्गा), उपाध्यक्ष -क गुनाखर भण्डारी, सचिव- क घनश्याम अर्याल, सह सचिव- क कृण्ण पोख्रेल, कोषाध्यक्ष – क रामु गिरी, सदस्य- क नरेन्द्र धामी, सदस्य – क मानसिहं खत्री, सदस्य -क कृण्ण वहादुर बि क, सदस्य – क गम बहादुर सुनार, सदस्य – क आशा दर्जी, सदस्य- क देवु श्रीस, सदस्य – क सरस्वती थारु, सदस्य – क शंकर न्यौपाने, सदस्य – क प्रकाश परियार लगायत सर्वसम्मत चयन भएका छन ।

सैनामैना नगरपालिका वडा नम्बर ८ को सम्मेलनमा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र रुपन्देही सयोजक नारायण जिसि (निर्मल) ले भने सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए । वर्तमान सरकारले गरेकोे कुकर्मका कारण जनता माओेवादी नै सही हो भन्ने निष्र्कशमा पुगेको उनको भनाई छ । माओेवादी नेतृत्वकोे सरकारले लोेडसेडिङ हटाउने, भ्रष्ट्रचार नियन्त्रण गर्ने जस्ता जनमुखि काम गरेको उल्लेख गर्दै देश निर्माण गर्ने एक मात्र पार्टी माओवादी भएकोे दाबी गरे । संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले माओवादी पार्टी जनताको पार्टी भएकाले जनताको हरेक सुख दुखमा साथ दिन आग्रह गरे । माओवादीले देश निर्माण गर्ने सपना देखेर दश बर्षे जनयुद्ध गरेकोे स्मरण गर्दै नेता जिसीले माओवादीलाई विचलित हुने छुट नरहेकोे बताए ।

नेकपा माओवादी केन्द्रका क्षेत्र नम्बर ५ इन्चार्ज हिरा बहादुर रोका (अमर), भोलानाथ बस्याल, दिपिका शर्मा, नेकपा माओवादी केन्द्र सैनामैना नगरअध्यक्ष नारायण महत, युवा नेता रोमनाथ न्यौपाने, दिपक भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation