आन्दोलनबाट भ्रष्टाचारीहरु बढारिन्छ : बराल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भ्रष्टाचार बिरुद्धको आन्दोलनले एमाले काङ्ग्रेसका भ्रष्टाचारीहरु बढारिने बताउनु भएको छ ।

माओवादी केन्द्रले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार बिरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिनुहुँदै उहाँले भन्नुभयो- एमाले कांग्रेसको यहि रबैया रहे हिउँदमा सडक आन्दोलन गर्नुपर्ने हुन्छ । त्यसैबाट एमाले काङ्ग्रेसका भ्रष्टाचारीलाई बढारिन्छ ।”नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर वडा न ११ को सातौं अधिबेशनलाई आज सनिवार सम्बोधन गर्नुहुँदै उहाँले भन्नू भयो- ” माओवादी केन्द्र सुशासन र जनताको हितमा काम गर्ने एक मात्र पार्टी हो।

माओवादी केन्द्र नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्दा एमाले काङ्ग्रेस आतंकित बन्यो ।” सुशासन कायम गर्दा ठगी खान पल्केकाहरु थर्कमान भएको र माओवादी केन्द्र नेतृत्वको सरकारले न्याय शुशासन स्थापित गर्न खोजेकाले नै एमाले काङ्ग्रेस सरकार गिराएको उहाँको भनाइ छ । सामाजिक न्याय, सुशासन र जनहितमा काम गरेकै कारण सरकारबाट हटाईएको उहाँको भनाई छ ।” ठुलाले जे गरे पनि हुन्छ कानुन मानेपनि हुन्छ नमाने पनि हुन्छ भन्ने भन्ने भास्यलाई अन्त्य गरियो । ” उहाँले भन्नू भयो-“ठुलालाई चैन सानालाई ऎन भन्ने नेपाली उखान अब रहेन ।” आरोप लागेको माओवादी केन्द्रका नेताहरुले छानबिन गर्न पार्टीले नै सहजीकरण गरेको बताउदै उहाँले कम्बोडियामा प्रधानमन्त्रीको लगानीको छानबिन गरिनु पर्ने बताउनु भयो । ” आरोप लागेकालाई छानबिन गर्नुपर्छ , आरोप लगाउनेलाई थुनेर मात्र हुँदैन ।” उहाँले भन्नू भयो । वडा अध्यक्ष पुर्ण बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका पुर्ब सदस्य एवं पार्टीका प्रदेश समिती सदस्य दिपा बिक, प्रेस सेन्टर नेपालका प्रदेशका बरिस्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नगरका उपाध्यक्ष सुधन अधिकारी, निर्वाचन समिती संयोजक यज्ञ पाण्डे लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

 

माओवादी केन्द्रले देशै भरी वडा अधिबेशन चलिरहेको छ । त्यसै बीच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तिलोतमा न पा वार्ड न ४ को वार्ड अधिबेशन वार्ड समितिका अध्यक्ष नेत्र रुचालको अध्यक्षता तथा पार्टीका जिल्ला सयोजक निर्मल जि सिको प्रमुख आतिथ्य विशिष्ट अतिथी प्रदेस सदस्य सुदिप न्यौपाने अथिथी नगर अध्यक्ष बेल प्रसाद शर्माको आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले मनोहर रसाइलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरि वडा न १३ को तेस्रो अधिबेशनले कमल खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ भने वडा १४ को पनि अधिबेशन सम्पन्न भएका छन । उक्त पार्टीका तिलोत्तमा नगर इन्चार्ज धन बहादुर गुरुङले वडाका अधिबेशन भैरहेको र पालिकाको अधिबेशनको तयारी सुरु गरिएको जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation