भारतमा लकडाउनको शैली फेरियाे नेपाल फर्कनेको लर्को, चोर नाकाबाट नेपाल प्रबेश गरेका १ सय ५५ जना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु २३ बैशाख ।कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला भारतीय सिमापारगर्दै  जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । सोमवार राति देखि मंगलवार साझ सम्म चोर नाका हुदै नेपाल छिरीहरेको बेला उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरु दशगजा क्षेत्रमा अलपत्र अवस्थामा छन ।  भारतले सामेवार देखि लकडाउनको स्वरुप परिवर्तन गरे पछि नेपाल प्रबेशगर्न ओईरो लागेको हो । नियन्त्रणमा लिईएकाहरु कपिलवस्तु र छिमेकी जिल्लामा हुन ।  सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले अबैध तरिकाले नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाच स्थानमा रहेको दशगजामा राखिएको बताउनु भयो । नाकाबाट अबैध प्रबेश रोक्न सिमामा एक हजार चार सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलवार साझ ४ बजे सम्म मर्यादपुरमा ५६ चाकरचौडामा ४७ हदौनानमा १२, भिल्मीमा १४, कृष्णनगर।मा २६ जना नियन्त्रणमा लिईएको पुरीले जानकारी दिनु भयो  । ‘ चोर नाकाबाट नेपाल प्रबेश गर्न खाज्नेलाई धमाधम नियन्त्रणमा लिई पाच स्थानमा राखेका हौ ’ उहाले भन्नु भयो । पुरीका अनुसार नियन्त्रणमा लिने संख्या अझै बढदै जाने छ । भारतरमा गाडीहरु चल्न दिइए पछि रोजागरीकालागि भारतका बिभिन्न स्थानमा रहेको नेपालीहरु फर्कनेहरु बढेका छन ।

लकडाउनले भारतका बिभिन्न स्थानमा रोकिएकाहरु अहिले धमाधम फर्कन थालेका हुन । फर्कनेहरु बढ्संगै जिल्लामा कोरानाको जोखिम समेत बढेका छ  यस्तै नियन्त्रणमा लिईएकाहरुको ब्यवस्थापनमा समेत गाह्रो परेका छ । प्रजिअ दीर्घ नारायण पौडेलले नियन्त्रणमा लिईएकाहरुलाई भारत तर्फ नै क्वारेन्टाईनमा राख्ने गरी पहल गरिएको बजानकारी दिनु भयो  । उहले भारतको सिद्धार्थनगरका डिएम र एसएसबिसंग नियन्त्रणमा लिईएकाहरुलाई त्यहीको क्वारेन्टाईनमा राख्ने गरि समन्वय गरिएको बताउनु भयो ।  सशस्त्र प्रहरीले नाकामा निग्रानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैन । अहिले चोरनाका हुदै भारतमा रोजगारीकालागि गएकाहरु फकर्ने गरेका छन । भारतको लकडडाउनको स्वरुप बदलेपछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन ।

उनीहरु क्वारेन्टाईनमा नबस्दा कपिलवस्तु समेत कोरोनाको उच्च जोखिममा परेको हो । भारतको उत्तर प्रदेश लगायत बिभिन्न शहरहरुमा कोरानाको संक्रमतिको संख्या बढीरहेको  छ । जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन  बेडमा एक हजार  ३७८ जना रहेकोमा ९ सय ७५ जना डिस्चार्ज भई हाल ४ सय ३  जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation