ईप्रका बेथरी रुपन्देहीले उठायो तीन महिनामा १६ लाख बढी राजस्व

भैरहवा – इलाका प्रहरी कार्यालय बेथरिले चालु आर्थिक वर्ष २०८१–८२ को तिन महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट १५ लाख ५६ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष योजनाका साथ काम गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालय बेथरि रुपन्देहीका प्रहरी निरीक्षक सबिता जिसिका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, नदीजन्य उत्खननलगायत विभिन्न विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

प्रहरी निरीक्षक सबिता जिसि बेथरिमा प्रमुख भएर आएको तीन महिनामा यति धेरै प्रगति भएको हो । जिसि २०८१ फाल्गुन २३ गते आएकी हुन, फाल्गुन २३ देखि अषाढ १८ सम्ममा उनको नेतृत्वमा भएको प्रगती हो । गत आर्थिक बर्षमा वार्षिक राजस्व आम्दानी जम्मा १८ लाख ६८ हजार मात्र थियो । जिसि आएपछि राजस्वमा उल्लेख्य वृद्धि मात्र नभइ लागू औषध नियन्त्रण, घरेलु हिंसा, साइबर अपराध, बाल बिबाह, जातीय भेदभाव, लैङ्गकि हिंसा, दाइजो प्रथा लगायतमा सामुदायिक र बिधालय लक्षित कार्यक्रमहरु पनि हुँदै आएका छन ।

यतिमात्र होइन जिसिकै पहलमा मायादेवी गाउँपालिका सङको सहकार्यमा बेथरी चोकमा दुई ओटा एनपिआर र दुई ओटा साधारण सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसैगरी पालिकासङको सहकार्यमा नै इप्रका बेथरिको भवनमा रङ्गरोगन गरिनुका साथै अति संबेदनसिल मानिएको मुल गेट र चेक पोष्ट निर्माण गरिएको छ । कार्यलएको ब्यबस्थापनको निम्ति कम्प्युटर सेट र प्रिन्टरको व्यवस्था गरिएको छ । कार्यलय परिसरमा सौन्दर्यकरणका निम्ति धमाधम फलफुलका बगैंचा निर्माण हुनुका साथै बर्खामासमा परिसरमा पानी जम्ने समस्याको अन्त्यकानिम्ति काम अगाडि बढेको छ ।

यसरी हेर्दा प्रहरी निरीक्षकको रुपमा आएको छोटो समयमै यति धेरै प्रगती गर्न सफल सबिता जिसिको चौतर्फी प्रसम्सा भैरहेको छ । काम गर्ने इच्छाशक्ति भयो भने सम्भब छ भन्ने उदाहरण प्रस्तुत गरेर स्थानीयको मन जितेकि छन प्रहरी निरीक्षक सबिता जिसिले ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation