निमा गिरीको प्रमुख आतिथ्यतामा काङ्ग्रेस प्युठानको १०० दिने अभियान सुरु

पौष ६ , प्युठान । नेपाली कांग्रेस प्युठानले १०० दिने अभियान अन्तर्गत सरुमारानी गाउपालिकाको सम्मेलन गरि सुरु गरेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरिएको नेपाली कांग्रेस प्युठानले जनायको छ ।

पालिका सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा प्रदेस सभा सदस्य निमा गिरिले काङ्रेस अब ईतिहास भजायर होइन, योजना बनायर हिड्नुपर्ने भन्दै अब काङ्ग्रेसले आफ्नै ओडा र पालिकामा सक्षम उम्मेद्बार जिताउनु पर्ने बताउनु भयको छ । सङ्घीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गर्दै , स्थानीय संरचनालाई क्रियाशील बनाउने र  निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्ने बताउनुभयको छ ।
सरुमारानी गा पा सभापति लक्ष्मण जि सी को अध्यक्षता मा भएको कार्यक्रमको बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरि, रोल्पा जिल्ला सभापति किशोर आचार्य , लुम्बिनी प्रदेश सभा सदस्य माननिय धनलक्ष्मी श्रेष्ठ , नेपाली काङग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य साधना रावत , नेपाली काङग्रेस जिल्ला सचिब टोपाराम कालाथोकी, प्रदेश सभा ‘क’ सभापति टेकप्रशाद भण्डारी , जिल्ला सदस्यहरु रामचन्द्र पौडेल, नेत्रमणी पोख्रेल , दामोदर कालाथोकी ,तिलक बि क ,ने बि संघ प्युठान का अध्यक्ष कल्याण बिक्रम के सी ,लगाएत नेपाली काङग्रेस सरुमारानी गा पा भित्र पार्टी का बिभिन्न तह मा रहनु भएका नेता कार्यकर्ता को उपस्थिति रहेको थियो।
सम्मेलनमा पार्टी निकट सबै भातृ तथा सुवेच्छुक सङ्गठनको ईकाइ गठन गरी आवश्यक प्रशिक्षण समेत गरिने सभापति गिरीको भनाइ छ । माण्डवी गाउँपालिकामा पुस ७ गते, स्वर्गद्वारी नगरपालिकामा पुस ८ गते, प्युठान नगरपालिकामा पुस ९ गते, मल्लरानी गाउँपालिकामा पुस १० गते, ऐरावती गाउँपालिकामा पुस १२ गते, झिमरुक गाउँपालिकामा पुस १३ गते, गौमुखी गाउँपालिकामा पुस १४ गते र नौबहिनी गाउँपालिकामा पुस १५ गते मिति तय गरिएको नेपाली कांग्रेस प्युठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation