सैनामैनामा ८औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्वीरमा)

 

 

सैनामैना पुष, ७ । सैनामैना नगरपालिका खेलकुद विकास समिति सैनामैनाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सैनामैना–७, देउवापार स्थित सरस्वती माविको खेलमैदानमा आइतवारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई नगरले पुरस्कृत गर्ने घोषणा गरे।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम मेयर चित्र कार्कि, उपमेयर बिना राना, रणबहादुर खनाल, चेतनारायण न्यौपाने, रोमनाथ न्यौपाने, गोविन्द खनाल, निमित्त प्रमुख प्रसासकिय अधिकृत शिव अर्याल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन्।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ३७ विद्यालयका करिब ३ हजार विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation