![](https://ujyaalopost.com/wp-content/uploads/2024/12/f4574c32-b9df-4ddc-8bdb-2156d5b4635e.jpg)
सैनामैना, ०९ पुष । सैनामैनाको बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ ।
४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका मेयर फणिन्द्र प्रसाद शर्माले भने शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम हो । शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ । यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा भनेको विद्यालयमा गएर मात्र पाउने होइन । घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैँ गर्नुभनेको पनि शिक्षा लिनु हो । अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । त्यो पूरा गर्ने दायित्व जनज्योति माविको पनि भएको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे ।
बार्षिक उत्सव कार्यक्रममा सैनामैना नगरपालिकाका प्रथम मेयर चित्र कार्कि, नेपालि काङग्रेका नगर अध्यक्ष रण बहादुर खनाल, नेकपा एमालेका अध्यक्ष चेतनारायण न्यौपाने, माओवादी केन्द्रका अध्यक्ष मान बहादुर महत्त(नारायण), अधिभावक संघका अध्यक्ष कृष्ण पाण्डे लगायतले पछिल्लो समय विद्यालयले गरेको शैक्षिक प्रगतिको प्रसंसा गरेका थिए ।
विद्यालयले बार्षिक उत्सवको अवसरमा बिभिन्न रचनात्मक क्रियाकलाप गर्नुका साथै खेल सप्ताहमा उत्कृष्ठ विद्यार्थिहरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा बिभिन्न भेषभूषामा सजियका विद्यार्थिहरुले मौलिक नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेयको अध्यक्षतमा भएको मार्यक्रमको सञ्चालन शिक्षक केशव अर्यालले गर्नुभएको थियो । विद्यालयको बार्षिक प्रगति विवरण विद्यालयका प्रधानध्यापक कमलराज बेल्वासेले प्रस्तुत गर्नुभएको थियो ।