रुपन्देहीको सैनामैना नगरपालिका बासगडिमा रहेको जनचेतना माध्यमिक बिधालयको ४१ औं वार्षिक उत्सब तथा अभिभाबक दिवस समारोह प्रमुख अतिथी बिहिन भयको छ ।
जनचेतना माध्यामिक बिध्यालको ४१ औं बार्षिक उत्सब समारोहका प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश भौतिक पुर्बाधार तथा बिकास मन्त्री भुमिस्वर ढकाललाई निमन्त्रणा गरिएको थियो । सायदै उनी रुपन्देही क्षेत्र नम्बर ५(क)का प्रत्यक्ष निर्बाचित साम्सद पनि भयकै कारण उनलाइ प्रमुख अतिथिको रुपमा आयोजकले निमन्त्रणा गरेको हो । निमन्त्रणा गरेबमोजिमनै मन्त्रीले कार्यक्रममा आउने बचनबद्दता गरेका थिय । तर, वार्षिक उत्सबको अन्तिम साझ भने मन्त्री भुमिस्वर ढकालले आयोजकलाइ आफ्नो कार्यब्यस्तता र लुम्बिनी प्रदेशको क्याबिनेट बैठक पौष ८ गते साझ ४ बजे बस्ने कारण देखाउदै आफू उपस्थिति हुन नसक्ने जानकारी टेलिफोन मार्फत गराए ।
मन्त्रीले आफू उपस्थिति हुन नसक्ने जानकारी गरायपछी भने आयोजकलाइ पर्यो फसाद । अब के गर्ने । कसो गर्ने । किन कि सैनामैना नगरपालिका मेयर- उपमेयरलाई विशिष्ट अतिथिकै रुपमा पहिले नै निमन्त्रणा गरिसकिएको थियो । विशिष्ट अतिथीमा आफुलाइ राखेको झोकमा सैनामैना नगरपालिकाका मेयर फणीन्द्र प्रसाद शर्मा पनि विभिन्न कारण देखाउदै, कार्यक्रमको अन्तिममा त्यो पनि आयोजकको तारन्तार फोन, विभिन्न राजनैतिक दलका प्रतिनिधिले लौ न जसरी भए पनि आइदिनु पर्यो भनी गरेको अनुनय बिनय पछि भने अन्तिममा टुप्लुक्क आइपुगे । भने उपमेयर बिना रानाको पनि उपस्थिति देखियन । अझ सैनामैनाको सम्पुर्ण शिक्षा क्षेत्रको मोनिटरिङको जिम्मा लिएको शिक्षा शाखा बाट पनि कार्यक्रममा कुनै प्रतिनिधित्व हुन सकेन वा महत्व ठानेन उनै शिक्षा शाखाले जानोस । यसरी यसै पनि कमजोर आर्थिक अवस्था भयको बिद्यालयलाई हौसला प्रदान गर्ने, आम अभिभावकको गुनासो सुन्ने बेला सबैको उपेक्षामा किन पर्यो त जनचेतना माध्यमिक बिद्यालय ? चौतर्फी प्रश्न खडा भएको छ ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेय एमाले निकट भएकै कारण पनि प्रमुख अतिथिमा एमालेकै मन्त्री निमन्त्रणा गर्ने ध्याउन्नमा भए । तर उनले सोचेजस्तो नहुदा र मन्त्रीले दियको धोकाका कारण उनी अफ्ट्यारोमा परे । यसरी शैक्षिक क्षेत्र जस्तो पबित्र जगतमा राजनीतिक खिचातानी कहिले सम्म ? कमजोर बिधालयलाई हेर्ने स्थानीय सरकारको नजर कहिले परिबर्तन हुने ? प्रश्न उब्जिएको छ ।