प्रेस सेन्टर रूपन्देहीले गर्यो तीन नगरपालिकामा सम्मेलन

बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले जिल्लाका तीन वटा नगरपालिकामा नगर सम्मेलन सम्पन्न गरेकाे छ । बिहिबार प्रेस सेन्टरकाे सिद्धार्थ नगर नगरपालिका, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाकाे नगर सम्मेलन सम्पन्न भएकाे हाे ।

सम्मेलनले सिद्धार्थनगरमा पशुपति यादव, तिलाेत्तमामा प्रकाश पाण्डे र देवदहमा निर्मल थापाकाे नेतृत्वमा नगर कमिटी सर्वसम्मत चयन गरेकाे संगठन विभाग प्रमुख समेत रहेका जिल्ला सचिव रमेश गैरेले जानकारी दिए ।

सिद्धार्थ नगर कमिटीकाे उपाध्यक्षमा जितेन्द्र थारू, सचिवमा गाेरख थारू, सह-सचिवमा झब्बर यादव र काेषाध्यक्षमा रूविना थापा मगर चयन भएका छन् ।

संगठनकाे तिलाेत्तमा उपाध्यक्षमा शारदा शाही सचिवमा माेहन न्याैपाने सह-सचिवमा सागर भण्डारी र काेषाध्यक्षमा पारू न्याैपाने रहेका छन् भने देवदह नगर सचिवमा धुर्व लामिछाने र काेषाध्यक्षमा देवी पाैडेल चयन भएकाे संगठनले जनाएकाे छ ।

प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूकाे अधिवेशन भइरहेकाे अध्यक्ष बिष्णु प्रसाद पाेखरेलले जानकारी दिए ।

देश संघीय व्यवस्थामा प्रवेश गरे संगै सबै संघ संस्था संगठनहरू संघीय स्वरूपमा गएका छन् ।

जनपक्षीय पत्रकारीताकाे वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलाे संगठन हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation