बुटवल, पौष २४ । नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ ईन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत मंसिर ८ गते बुटवलको मैनाबगरमा भएको ईन्टरनेटको तारमा परि दुर्घटना हुँदा ज्यान गुमाएका ४५ वर्षीय गोरे सुनारलाई समयमा न्याय नदिएकोले ताला बन्दी गरिएको संगठनले जनाएको छ । निर्माण मजदुरको काम गर्ने गोरेको सो दिन काम सकेर घर फर्किने क्रममा राती अन्दाजी ७ बजे बिजुलिको पोलबाट चुँडिएर झरेको तारमा अल्झिदा करेन्ट लागेर मृत्यु भएको थियो । एकलै बस्दै आएका उनको घटना पछी प्रहरीले कन्चन-५ सन्डुवा बस्ने भाउजु खगिशरा सुनारलाई खबर गरेपछि अस्पतालमा आउँदा मृत्यु भईसकेको थियो । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटना स्थला आउँदा उनको तारमा अलिझिएर घटना भएको भनेपनि पछी पोष्टमार्टम गर्दा करेन्टलागी मृत्यु भएको र सोही बमोजिम मुचुल्का समेत बनेको परिवारले जनाएको छ ।
घटना पछी ईलाका प्रहरि कार्यालयमा ति ईन्टरनेट प्रदायक संस्था संग पिडितका परिवारले न्यायका लागि पटक पटक छलफल गरे पनि समयमा न्याय सम्पादन नगरेपछि पिडितहरुले नेकपालाई न्यायका लागि अनुरोध गरेका थिए। दुईपटक छलफल भएर माथी सल्लाहा गरी निष्कर्ष निकाल्छौं भनेका उनिहरु प्रहरीले समेत बोलाउँदा छलफलमा नगएकोले यो कदम चाल्नुपरेको पिडित बताउँछन । “प्रहरीले पत्र काट्छु भनेको थियो तर हामीलाई खबर भएन । बाटामा छरपस्ट तार बिछाउने मान्छे मर्ने हामी घटना सहेर बस्नुपर्ने ? हामीलाई न्याय भएन तेसैले नेकपालाई गुहारौका हौं ।” पिडित खगिशराले भनिन।
युवा संगठनले छलफल गर्दा माथिल्लो निकायसंग जानकारी गराई ३ दिन भित्र बस्ने भनेका तर तिन दिन पछि फेरी जाँदा समेत कुनै निकास नदिने र आलटाल गरेपछि पिडितको आग्रहमा तालाबन्दी गर्नुपरेको युवा संघठनका जिल्ला अध्यक्ष हरी सिले जनाए ।
यता ईन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक बुटवलका प्रमुख डेमलाल भुसाल लाई बुझ्दा केन्द्रमा जानकारी गराईएको र निकासकालागी छलफल भईरहेको भएपनि एक्कासी तालालगाउँदा अप्ठेरो परेको बताएकाछन। हाम्रो ईन्टरनेटको तारबाट करेन्ट प्रवाह हुँदैन कसरी घटना घट्यो हामी अचम्मित परेका छौं फेरिपनि के गर्न सकिन्छ हामी छलफल गर्दैछौं भन्दै उनले तालबन्दि निकास नहुने बताएकाछन ।