निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अघि बढाएको र अन्तिम नामावली सार्वजनिक समेत गराएकाले ताला लगाएर उपभोक्ताहरुको अधिकार हनन् गरेको आरोप लगाउँदै सौहार्दपुर्ण वातावारणमा चुनाव गराउँन निर्वाचन समितिलाई अपिल समेत गरेका छन् ।
पत्रकार सम्मेलन गर्ने ति उपभोक्ता समुहले नेतृत्वका लागी राजनितिकरण बढी हावी भएको र यसो नगर्न समेत आग्रह गरेका छन् ।कुनै पनि संङघ संस्थामा राजनितिकरण भए संस्थागत विकास नहुने भन्दै सहमति र सहकार्य नै आजको आवश्यकता भएको कुरा स्विकार गरेका छन् ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टि,राप्रपा लगायतका प्रमुख तथा प्रतिनिनिधीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल,नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महत,राष्ट्रिय स्वतन्त्र पार्टिका नगर अध्यक्ष राज बहादुर क्षेत्रीले ताला लगाउनु निन्दनी कार्य भएकाले यसको घोर भत्र्सना समेत गरेका छन् ।एक उपभोक्तालाई मुर्ख बनाएर नेकपा एमालेले उपभोक्ताहरुको अधिकार हनन् गरि राजनितिकरण गरेको आरोप लगाएका छन्।
यता,तोकिएकै मितिमा निर्वाचन हुने निर्वाचन समितिका संयोजक कृष्ण शर्मा(पवन)ले जानकारी दिएका छन् । निर्वाचन प्रक्रिया वन ऐन अन्र्तगत नै भएको दावी गर्दै शान्ति सुरक्षाको प्रात्याभुति हुने गरि चुनाव गराउँने अडान् समितिका संयोजक शर्माले गरेका हुन। महिलाको सुनिश्चित हुने गरि नामावली सार्वजनिक गरिएको समेत ठोकुवा गरे । शर्मा भन्छन् ८ माघ विहान ९ बजे देखि मतदानको प्रक्रिया अघि बढ्छ ।
उपभोक्ता सुनिल चौधरीले कोषाध्यक्ष पदमा मनोनयन दर्ता गरेको र उक्त उम्मेद्धवारी विना कारण रद्ध गरेको आरोप लगाउँदै आज वन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । निर्वाचन समितिले एकपक्षिय भएर निर्णय गरेको आरोप समेत लगाएको हस्ताक्षरित पत्रमा उल्लेख छ । पदाधिकारीको विषयलाई लिएर यो अवस्था सृर्जना भएको बुझिएको छ ।