कार्यपालिका सदस्य टेकबहादुर बिकद्वारा जन्मदिनमा शैक्षिक सामग्री बितरण

सैनामैना, माघ ८ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाईलाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ तर केहीमा भने सामाजिक भावना पनि रहेको छ । रुपन्देही जिलाको सैनामैना नगरपालिका कार्यपालिका सदस्य टेक बहादुर बिकले आफ्नो जन्मदिनको आवसरमा जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागि खर्चिएका छन् ।

कार्यपालिका सदस्य टेक बहादुर बिकले सैनामैना नगरपालिका बासगढिमा रहेको जनचेतना माध्यमिक बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन । आफुले प्राथमिक तहसम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामग्री हस्तान्तरण गरेको बिकले बताए ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भानुभक्त पान्डे, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष , पुर्ब वडा अध्यक्ष डोलराज भन्डारी, बिधालयका प्रधानध्यापक कमलराज बेलबासे लगायतको उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गरियको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation