माओबादी केन्द्र सैनामैना वडा नम्बर ११ को दोस्रो अधिबेशन सम्पन्न

सैमामैना, माघ ९ । नेकपा (माओवादी केन्द्र) सैनामैना नगरपालिका वडा नम्बर ११ को दोस्रो वडा अधिबेशन आज सम्पन्न भयको छ । राजापानी सामुदायिक बनको सभाहलमा सम्पन्न अधिबेशनले बिस्नु घिमिरेको अध्यक्ष र प्रकाश भट्टराई सचिब रहेको १७ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

वडा अधिबेशन कार्यक्रममा माओवादी केन्द्रका नेता तथा सम्बिधान सभा सदस्य सारदा घिमिरे(लता), लुम्बिनी प्रदेश कमिटी सदस्य भोलानाथ बस्याल, दिपिका शर्मा, रोमनाथ न्यौपाने, सैनामैना नगर कमिटी अध्यक्ष मान बहादुर महत्त (नारायण), नगर कमिटी सचिब दिपक भण्डारी लगायत नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

माओबादि केन्द्र सैनामैनाले सम्पुर्ण वडाहरुको अधिबेशन तिब्ररुपमा सम्पन्न गरिरहेको छ । सैनामैनाको ११ बटै वडाको अधिबेशन सम्पन्न गरिसकेपछी माओबादी केन्द्रले यहि माघ १६ गते मुर्गियामा बृहत खबरदारी सभा गर्ने छ भने १७ गते कलौनिमा बन्द सत्र कार्यक्रम गरि सैनामैना नगरपालिकाको नया नेतृत्व चयन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation