सैनामैना, माघ १2 गते । रुपन्देही जिल्ला सैनामैना नगरपालिकाको विकास बजेट खर्च निराशाजनक देखिएको छ । सैनामैना नगरपालिकाको चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि माघसम्मको बजेट खर्च कम भएको पाइएको हो । चालुतर्फको खर्चको तुलनामा पुँजीगत तर्फको बजेट खर्चको अवस्था झनै कमजोर रहेको छ ।
विकास बजेट खर्च कम हुनुले सैनामैना नगरपालिका असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन यस स्थानीय तह अझै गम्भीर बन्न सकेको छैन । सैनामैना नगरपालिकामा ११ वटा वडाहरु रहेका छन ।
सैनामैना नगरपालिकाले झन्डै ७ महिनाको अवधिमा ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आव २०८१र८२ को साउनदेखि माघ ११ सम्म नगरपालिकाले कुल एक अर्ब दस करोड १२ लाख ७२ हजार बजेटको ३५ प्रतिशत अर्थात् १९ करोड ४४ लाख रुपियाँ खर्च गरेको हो । यो अवधिसम्म नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गत चालु आवका लागि स्वीकृत बजेटमा चालुतर्फ २५ प्रतिशत र पुँजीगत खर्च ५ प्रतिशत गरी जम्मा ३५ प्रतिशत बजेट खर्च गरेको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालिले बताउनुभयो ।
११ वटा वडा रहेको सैनामैना नगरपालिकामा चालु आवको ७ महिनामा चालु आवमा सम्पन्न हुनुपर्ने २४५ वटा योजनामध्ये । यो अवधिसम्म १३४ योजनाको सम्झौता भएकोमा ४० योजनाको भुक्तानी भएको योजना प्रशासन, अनुगमन तथा मर्मत शाखाले जनाएको छ ।