पुर्व अर्थमन्त्री एंव माओवादी उप महासचिव बर्षमान पुन अनन्त शुद्धोधनमा

शुद्धोधन।।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) शुद्धोधन गाउँपालिका समिती उपाध्यक्ष सम्भु चौहान आमाको तेस्रो दिनको पुण्य तिथीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुर्व अर्थमन्त्री एवंम माओवादी उप महासचिव बर्षमान पुन आउनुभएको छ।

कार्यक्रममा माओवादी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य बकिल मुसलमान, सोनिया यादव, निर्दोष अलि ,प्रदेश सदस्य एवंम क्षेत्र न ३ इन्चार्ज तिर बहादुर घर्ति मगर , प्रदेश सदस्य एवं जिल्ला सचिव सन्तकुमार यादव , क्षेत्र नम्बर ३ ख संयोजक , शुद्धोधन पालिका कमिटी इन्चार्ज , पालिका निवर्तमान अध्यक्ष ,पालिका अध्यक्ष, अखिल नेपाल महिला संगठन क्रान्तिकारी अध्यक्ष, पालिकका सचिव ,कोषाध्यक्ष, सदस्य र वाड न १ कमिटी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्नेहरुले दुखद घडिमा स्वर्गीय आमाको आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तब्ध परिवार जन प्रति गहिरो समबेदना व्यक्त गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation