बर्षौदेखि रोकिएको फोहर, दिगो व्यवस्थापनको बाटो खुल्यो

सैनामैना, २२ माघ । नेपाल सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि सैनामैना वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सैनामैना १० एकला पहाडमा रहेको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यो निर्णयसंगै वनको भोगाधिकार नपाएर बर्षौदेखि अलपत्र रहेको फोहर व्यवस्थापनको काम अव सुरु हुन बाटो खुलेको छ ।
सैनामैना नगरका प्रथम नगर प्रमुख चित्रवहादुर कार्कीको पालामै अघि बढेको यो आयोजना भोगाधिकार नपाएकै कारण रोकिएको थियो ।
पछ्रिल्लोपटक सैनामैना नगरपालिकाको कार्यपालिका बैठकबाटै समाधान हुन नसकेको फोहरमैला ब्यबस्थापनको जिम्मा नगर उप प्रमुख बिना राना सम्योजक र सैनामैना १० का वडा अध्यक्ष कृष्ण घिमिरे ११ का वडा अध्यक्ष रामु भुसाल सदस्य रहने गरि समस्या समाधानका निम्ति जिम्मेवारी नै दिएर तोकेको थियो । नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उप प्रमुख बिना राना र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको बिशेष पहलमा वनको जग्गा प्रयोग गर्न दिने निर्णय सरकारले गरेको हो ।
सरकारको निर्णयसंगै बुटवल, सैनामैना, गैडहवा र कञ्चन गाउँपालिकाको फोहर सैनामैना १० स्थित एकला पहाडमा निर्माण हुने फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न बाटो खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation