सैनामैनामा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै प्रहरी

रुपन्देही । इलाका प्रहरी कार्यालय सालझण्डिले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको नव-प्रवर्तनिय कार्य “प्रहरी कार्यमा हिँडाइको नयाँ शैली” अन्तर्गत सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा लागू औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसको समन्वय र इलाका प्रहरी कार्यालय सालझण्डीको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ?  यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा जानकारी गराएको इलाका प्रहरी कार्यालय सालझन्डिका प्रहरी निरीक्षक खगेन्द्र अधिकारिले बताउनु भएको छ ।
स्ववियु सभापती मनोज बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी क्याम्पस संचालक समिती अध्यक्ष यदुलाल पन्थ र कार्यक्रमको सञ्चालक स्ववियु सचिव शिव न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation